logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • एनआईसी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी सामाजिक कार्यक्रम आयोजना

    एनआईसी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी सामाजिक कार्यक्रम आयोजना

    169
    SHARES
    एनआईसी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी सामाजिक कार्यक्रम आयोजना

    काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड आफ्नो स्थापनाको २८ वर्ष पूरा गरी २९औं वर्षमा प्रवेश गरेको छ। झन्डै तीन दशक लामो यात्रा पूरा गरेको अवसरमा बैंकले साउन ५ गतेदेखि मुलुकभर सप्ताहव्यापी रूपमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी २९औं वार्षिकोत्सव मनाइरहेको छ।

    यस अवधिमा बैंकप्रति अनवरत विश्वास र स्नेह दर्शाउने ग्राहक, नियामक निकाय, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै बैंकले आगामी दिनमा अझ प्रविधिमैत्री, सुदृढ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

    वार्षिकोत्सवलाई स्मरणीय बनाउन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीसर) अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग हस्तान्तरण गरेको छ। जसअनुसार साउन ४ गते पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरूका लागि खानेपानी वितरण गरिएको थियो भने साउन ५ गते कमलादीस्थित केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रममा १०१ जना कर्मचारी तथा सेवाग्राहीहरूले रक्तदान गरेको बैंकले जनाएको छ।

    यसैगरी, बैंकले सातै प्रदेशका १३ वटा विद्यालय र एक आश्रमलाई विभिन्न भौतिक एवं शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ। कोशी र बागमती प्रदेशका ४-४ वटा विद्यालयका साथै अन्य प्रदेशका १-१ वटा विद्यालयमा कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, भवनको छाना ट्रस निर्माण, प्रोजेक्टर र वाटर प्युरिफायर लगायतका सामग्री वितरण गरिएको हो। साथै सांस्कृतिक सम्पदा, मन्दिर तथा सार्वजनिक स्थलहरूको संरक्षण र प्रवर्धनका लागि मुलुकभर सरसफाइ कार्यक्रमसमेत सञ्चालन भइरहेको बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ६ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट