logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सेयर बजारको गिरावट कायमै, झन्डै साढे ८ अर्बको कारोबार

    सेयर बजारको गिरावट कायमै, झन्डै साढे ८ अर्बको कारोबार

    793
    SHARES
    सेयर बजारको गिरावट कायमै, झन्डै साढे ८ अर्बको कारोबार

    काठमाण्डौ । मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आज बजार ३२.२१ अंक घटेको हो ।



    साताको तेस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७१९.२० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक समूह १११.५७ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।

     

    उक्त दिन ३२ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ । २०९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर किनबेच भएको छ ।

     

    आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५८ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यता, नेपाल रिइन्स्योरेन्सको पनि ५३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

    यस्तै, आज महालक्ष्मी विकास बैंकको पनि ४३ करोड ३४ लाख, गार्डियन माइक्रो लाइफको ३७ करोड २८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट