logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अमेरिकी शिक्षा विभागका आधा कर्मचारीलाई अवकाश, करिब २१०० जना प्रभावित

    अमेरिकी शिक्षा विभागका आधा कर्मचारीलाई अवकाश, करिब २१०० जना प्रभावित

    1.1K
    SHARES
    अमेरिकी शिक्षा विभागका आधा कर्मचारीलाई अवकाश, करिब २१०० जना प्रभावित

    काठमाण्डौ । अमेरिकी शिक्षा विभागले आफ्ना कर्मचारीको संख्यामा भारी कटौती गर्ने योजना बनाएको छ। यो योजनाअन्तर्गत विभागले आफ्ना करिब आधा कर्मचारी हटाउन लागेको हो।



     

    यो कटौतीबाट करिब २ हजार १०० जना कर्मचारी प्रभावित हुने अनुमान गरिएको छ। उनीहरुलाई मार्च २१ बाट बिदा दिइनेछ। अमेरिकामा ट्रम्प प्रशासनले केन्द्रीय कर्मचारीको संख्या घटाउने योजनामा काम गरिरहेको छ। यसको उद्देश्य सरकारी खर्च घटाउनु हो। अमेरिकी शिक्षा विभागमा हाल ४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् र यसको वार्षिक बजेट करिब २३८ अर्ब डलर छ।

     

    सन् १९७९ मा अमेरिकामा बनेको यो विभागले सामुदायिक विद्यालयलाई रकम छुट्याउँछ, विद्यार्थीलाई शिक्षाका लागि ऋण उपलब्ध गराउँछ र गरिब विद्यार्थीका लागि योजनाहरु सञ्चालन गर्छ। अमेरिकामा विद्यालय सञ्चालन गर्ने र पाठ्यक्रम बनाउने काम प्रदेश र जिल्लाले गर्ने गरेको भए पनि यहाँका विद्यालयले संघीय शिक्षा विभागबाट १३ प्रतिशतमात्रै रकम पाउँछन्। –एजेन्सी


    अर्थ चाैतारी
  • बुधबार, २८ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट