logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • गुलाव शाह खातुन हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

    गुलाव शाह खातुन हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

    • GP Paudel
    • विहिबार, ११ मंसिर २०७७
    4.3K
    SHARES
    गुलाव शाह खातुन हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

    नेपाल ज्योति-बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।



    नेकपा(क्रान्तिकारी)माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले खातुनको हत्याको विरोधमा काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

    उनीहरुले उक्त घटनाको गहिरो अनुसन्धान गरि दोषिलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै नारावाजी गरेका थिए ।

    मुलुकमा महिला बालबालिका हत्या र बलात्कारका घटना बढेपनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको उनीहरुले बताएका छन् । बलात्कारका मुद्धाहरुमा एकल विन्दु न्याय निरुपण प्रयााली लागू गर्नुपर्ने, राज्यका हरेक निकायमा महिलाको समान सहभागीतको ग्यारेन्टी गर्नुपर्ने लगाएतका प्लेकार्ड बोकी उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।


    GP Paudel
  • विहिबार, ११ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट