logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    ३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    1.2K
    SHARES
    ३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाण्डौ । भारतबाट सामान ल्याउँदा भन्सार छलीमा सहजीकरण गरीदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।



    भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी खड्काले ३० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।

     

    उनलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । खड्काविरुद्ध अख्तियारले ३० हजार रुपैयाँ बिगो र चार महिनासम्म कैद सजायको माग गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट