logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • मञ्जुश्री फाइनान्सद्वारा गैंडाकोट अस्पतालमा वाटर प्युरिफिकेसन गार्ड हस्तान्तरण

    मञ्जुश्री फाइनान्सद्वारा गैंडाकोट अस्पतालमा वाटर प्युरिफिकेसन गार्ड हस्तान्तरण

    728
    SHARES
    मञ्जुश्री फाइनान्सद्वारा गैंडाकोट अस्पतालमा वाटर प्युरिफिकेसन गार्ड हस्तान्तरण

    काठमाण्डौ । गैंडाकोट आधारभूत अस्पतालमा शुद्ध पेयजलको पहुँच सुनिश्चित गर्न मञ्जुश्री फाइनान्स लिमिटेडले एक थान वाटर प्युरिफिकेसन गार्ड हस्तान्तरण गरेको छ।



    सो उपकरण मञ्जुश्री फाइनान्सको सामाजिक उत्तरदायित्व अन्तर्गत गैंडाकोट अस्पतालमा प्रदान गरिएको हो । गैंडाकोट नगरपालिकाको तर्फबाट मञ्जुश्री फाइनान्स, नारायणगढ शाखाका शाखा प्रमुख किरण सापकोटालाई उक्त सहयोगलाई प्रभावकारी बनाउन सहजीकरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरिएको थियो ।

    कार्यक्रममा गैंडाकोट नगरपालिकाका जन स्वास्थ्य निरीक्षक माधव आचार्यले मञ्जुश्री फाइनान्सप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले समुदायको स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। नगरपालिकाले आगामी दिनमा यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। गैंडाकोट आधारभूत अस्पताल विकास समितिका सदस्य कुमारी रेखा पौडेल, अस्पताल प्रमुख बालकृष्ण पराजुली, मेडिकल अधिकृत लगायतको सहभागिता रहेको थियो।

     


    अर्थ चाैतारी
  • मंगलबार, ३१ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट