logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कालिन्चोक हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

    कालिन्चोक हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

    403
    SHARES
    कालिन्चोक हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाण्डौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले आज वैशाख ७ गते सोमबार बिहान १०:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।



    कम्पनीले चैत्र २२ गतेदेखि चैत्र २५ गतेसम्म सर्वसाधारणलाई ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफांड गरि सकेको छ।

    नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत कार्य सम्पन्न भएको छ ।

    यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट