logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • निफ्राको नाफामा गिरावट: ९ महिनामा ६४ करोड ३३ लाख कमायो

    निफ्राको नाफामा गिरावट: ९ महिनामा ६४ करोड ३३ लाख कमायो

    195
    SHARES
    निफ्राको नाफामा गिरावट: ९ महिनामा ६४ करोड ३३ लाख कमायो

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा २८.५३ प्रतिशतले घटेको छ। बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा ६४ करोड ३३ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ।



    गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले ९० करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ३ रुपैयाँ ९७ पैसा कायम भएको छ।

    यस्तै चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी पनि २७.०१ प्रतिशतले घटेर १ अर्ब ८ करोड १२ लाख ६९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४८ करोड १८ लाख ८३ हजार रुपैयाँ थियो। चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ रहेको छ।

    समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि २८.४३ प्रतिशतले घटेर ९२ करोड २४ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २८ करोड ५७ लाख ३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

    चैत मसान्तसम्मको अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज (रिभर्सल) २ करोड २६ लाख ६१ हजार रुपैयाँ रहेको छ, जुन गत वर्ष सोही अवधिमा २ करोड ८१ लाख ३० हजार रुपैयाँ (रिभर्सल) थियो। हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने ३ अर्ब ४२ करोड ५ लाख ३ हजार रुपैयाँ सञ्चित छ।

    यस्तै बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ७ अर्ब ८० करोड ३० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २८ अर्ब ५४ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट