काठमाण्डौ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध तीन दिन म्याद थप गरिएको छ । काठमाण्डौ प्रहरी परिसरले अग्रवाललाई आजै टोखाबाट पक्राउ गरेको थियो ।
ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगत्तै उनीविरुद्ध ३ दिन म्याद थप गरिएको काठमाण्डौ प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए ।
२२ करोड ठगी अरोपमा अग्रवाल पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए ।
अर्थ चाैतारी ।