logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेप्से परिसूचक ८० दशमलव ७९ अंकले वृद्धि, कारोबार रकम २० अर्ब माथि

    नेप्से परिसूचक ८० दशमलव ७९ अंकले वृद्धि, कारोबार रकम २० अर्ब माथि

    546
    SHARES
    नेप्से परिसूचक ८० दशमलव ७९ अंकले वृद्धि, कारोबार रकम २० अर्ब माथि

    काठमाण्डौ । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८० दशमलव ७९ अंकले बढेर २,९७३ को विन्दुमा कायम भएको छ । आज २३६ कम्पनीको शेयर भाउ बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन इन्स्योरेन्सको ५६ करोड माथिको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शिवम् सिमेन्टका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै एलबिबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट