logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेशनल हस्पिटलमा छूट

    एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेशनल हस्पिटलमा छूट

    806
    SHARES
    एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेशनल हस्पिटलमा छूट

    काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले भक्तपुर इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छूट पाउने भएका छन्।



    बैंक र उक्त हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छूट पाउने भएका हुन्।

    यसका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिंग एपमार्फत रकम भुक्तानी गर्नुपर्नेछ।

    यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा डिजिटल भुक्तानीको पहुँच बढाउन यस्तै खालका सहकार्य गर्दै आइरहेको छ। यसबाट मुलुकमा डिजिटल भुक्तानी सेवामा बढावा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट