logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • कच्चा तेल ६ महिनायताकै सस्तो, प्रति ब्यारेल ८८ डलर

    कच्चा तेल ६ महिनायताकै सस्तो, प्रति ब्यारेल ८८ डलर

    2K
    SHARES
    कच्चा तेल ६ महिनायताकै सस्तो, प्रति ब्यारेल ८८ डलर

    काठमाण्डाै । कच्चा तेलको मूल्य ६ महिनायताकै सस्तो भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट जारी रहिँरहदा तेल प्रति ब्यारेल ८८ डलरमा झरेको छ । कच्चा तेल फेब्रुअरीपछिकै सबैभन्दा तल्लो विन्दुमा झरेको हो ।



    शुक्रबार डब्लूटिआई क्रुड तेलको मूल्य घटेर प्रतिब्यारेल ८८.५२ डलरमा झरेको छ । ब्रेण्ट क्रुड तेल प्रति ब्यारेल ९३.७७ डलरमा खरिदब्रिकी भइरहेको छ । दुबई तेल प्रति ब्यारेल ६.९४ प्रतिशतले घटेर ९५.९७ डलरमा किनबेच हुँदैछ । आर्थिक संकटको त्रासका कारण कच्चा तेलको माग घटेसँगै मूल्यमा पनि गिरावट आएको हो । दुई महिनायता कच्चा तेल करिब ४० डलरले घटेको छ । बुधबार ४ प्रतिशतले घटेको कच्चा तेल रुस र युक्रेनको युद्ध सुरु हुनुको केहि दिन अघिको स्तरमा पुगेको थियो ।

    हाल कच्चा तेलको भौतिक बजारमा भने केहि खुकुलोपन देखिएको छ । स्पट डेलीभरीहरु साना प्रिमियममा कारोबार भइरहेको छ । एक वर्षको तथ्यांक हेर्दा अगस्ट १९,२०२१ मा कच्चा तेल सबैभन्दा सस्तो भएको देखिन्छ । त्यस दिन, कच्चा तेल प्रति ब्यारेल ६२.१४ डलरमा झरेको थियो । यस्तै, कच्चा तेल २०२२को मार्च ८ मा उच्च विन्दुमा पुगेको थियो । सो दिन कच्चा तेल प्रति ब्यारेल ११९.६५ डलरसम्म पुगेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट