logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • ललिता निवास प्रकरण: तत्कालीन अख्तियार प्रमुख उपाध्यायमाथि छानबिन माग गर्दै उजुरी

    ललिता निवास प्रकरण: तत्कालीन अख्तियार प्रमुख उपाध्यायमाथि छानबिन माग गर्दै उजुरी

    1.3K
    SHARES
    ललिता निवास प्रकरण: तत्कालीन अख्तियार प्रमुख उपाध्यायमाथि छानबिन माग गर्दै उजुरी

    काठमाण्डौ । बालुवाटारको बहुचर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको संलग्नता रहेको भन्दै उनीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरी परेको छ।



    नयाँ बानेश्वरका हरिबहादुर कार्कीले साउन २७ गते दर्ता गराएको उजुरीमा तत्कालीन अख्तियार प्रमुख उपाध्यायले २०६० सालमा १४३ रोपनी जग्गा व्यक्तिको हो भनी निर्णय गरी भ्रष्टाचारको बाटो खोलेको आरोप लगाइएको छ।

    उजुरीमा उल्लेख भएअनुसार:-

    २०५९ मंसिर २६ गते अख्तियारको उजुरी छानबिन महाशाखाले बालुवाटारको जग्गाबारे अनुसन्धान अगाडि बढाउने निर्णय गरेको थियो।

    २०६० असार १८ गते उपाध्यायले प्रमुख आयुक्तको हैसियतमा उक्त उजुरीलाई तामेलीमा राख्ने (अनुसन्धान बन्द गर्ने) निर्णय गरेका थिए।

    उपाध्यायको यही निर्णयका कारण उक्त जग्गा सरकारी नभई व्यक्तिको हो भन्ने कानूनी आधार तयार भएको र त्यसपछि किनबेच गर्ने बाटो खुलेको उजुरीमा दाबी गरिएको छ।

    विशेष अदालतले २०७६ माघ २२ गते ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार भएको ठहर गरिसकेको सन्दर्भमा यसका योजनाकार शोभाकान्त ढकाललगायतले त्यसबेला उपाध्यायलाई पटक-पटक भेटेको तथ्यका आधारमा उनी दोषी रहेको भन्दै उनीमाथि कारबाहीको माग गरिएको छ ।


    अर्थ चौतारी
  • बुधबार, २८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट