कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रन्जिता श्रेष्ठ नै रहने निर्वाचन आयोगले निर्णय गरेको छ ।
यसअघि नाउपाको एक समूहले राष्ट्रिय भेला गरेर लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको घोषणा गरेको थियो । चौधरीले आफूलाई अध्यक्ष मान्यता दिन आयोगमा निवेदन दिएका थिए ।
तर, आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नाउपाको विधानअनुसार सो भेला वैधानिक नभएको ठहर गर्दै लालवीरको दाबी अस्वीकार गरेको हो ।
निर्णयअघि आयोगले रन्जिता र लालवीर दुवैलाई पत्र काटी स्पष्टीकरण मागेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबीसहित जवाफ पठाए पनि, कानुन र विधानका आधारमा आयोगले रन्जितालाई नै वैधानिक अध्यक्षको रूपमा कायम राखेको स्रोतले जनाएको छ ।
अर्थ चौतारी ।