logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

    माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

    1.5K
    SHARES
    माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

    काठमाण्डौ । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।



     

    कम्पनीले कुल १२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा २०८२ साल श्रावण २८ गते, काठमाडौंको नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्ष बीच औपचारिक सम्झौता सम्पन्न भएको हो ।

     

    सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

     

    वि.स. २०६५ सालमा स्थापना भएको माउन्ट एभरेष्ट डिष्टिलरीे लिमिटेलले हाल ब्लेन्डेड मदिरा, अन्नबाट उत्पादित इएनए स्पिरिट, डिस्टिलर्स वेट ग्रेन सोल्युबल उत्पादन गर्दै आइरहेको छ ।

     

    कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा रहेको छ भने कारखाना टिकुलीगढ, तिलोत्तमा–१४, रुपन्देहीमा रहेको छ । यस कम्पनीको स्पिरिट उत्पादन क्षमता प्रतिदिन १० किलोलीटर र बोटल बन्द गर्ने क्षमता प्रतिदिन ३,००० केस रहेको छ ।

     

    कम्पनीले हाल ७० युपी/५० युपी अन्तर्गतका आफ्नै ब्रान्डहरु उत्पादन तथा बजारमा बिक्री गरिरहेको छ, जसले क्षेत्रिय बजारमा मजबुत बिक्री प्रदर्शन र ब्रान्ड पहिचान बनाएको छ । कम्पनीले शिघ्रै प्रमियम २५ युपी, ३० युपी र ४० युपी अन्तर्गतका मदिरा ब्रान्डहरु बजारमा ल्याउने योजना रहेको छ ।

     


    अर्थ चौतारी
  • बुधबार, २८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट