logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • लक्ष्मी सनराइज बैंकको वित्तीय विवरण चमक: मुनाफा ४ अर्ब ११ करोड, अधिकांश सूचकमा वृद्धि

    लक्ष्मी सनराइज बैंकको वित्तीय विवरण चमक: मुनाफा ४ अर्ब ११ करोड, अधिकांश सूचकमा वृद्धि

    572
    SHARES
    लक्ष्मी सनराइज बैंकको वित्तीय विवरण चमक: मुनाफा ४ अर्ब ११ करोड, अधिकांश सूचकमा वृद्धि

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दा अधिकांश सूचकमा उल्लेखनीय वृद्धि भएको देखिएको छ।



     

    बैंकले समीक्षा अवधिमा ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०.९७ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकको मुनाफा २ अर्ब ९२ करोड ३ लाख ७९ हजार रुपैयाँ थियो।

     

    खुद ब्याज आम्दानी भने ७.९९ प्रतिशत घटेर ११ अर्ब ३७६ करोड ६३ लाख रुपैयाँमा पुगेको छ। कुल सञ्चालन आम्दानी पनि १.५४ प्रतिशत घटेर १४ अर्ब ६८ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ। तर, सञ्चालन मुनाफा ३८.५५ प्रतिशतले बढ्दै ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

     

    खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोडबाट घटेर १ अर्ब १८ करोडमा आएको छ।

     

    समीक्षा अवधिमा बैंकको चुक्तापूँजी २४ अर्ब ३४ करोड, जगेडा कोष २१ अर्ब ९ करोड, निक्षेप संकलन ३ खर्ब ६७ अर्ब र कर्जा लगानी २ खर्ब ७५ अर्ब रहेको छ।

     

    प्रतिशेयर आम्दानी (EPS) ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ भने वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा र मूल्य-आम्दानी अनुपात (P/E Ratio) १४.१२ गुणा रहेको छ।

     

     


    अर्थ चौतारी
  • विहिबार, २९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट