logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • दरमखोला हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

    दरमखोला हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

    689
    SHARES
    दरमखोला हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

    काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज कम्पनीको आइपीओ बाँडफाँड भएको हो ।



     

    कम्पनीको आइपीओमा मागभन्दा धेरै आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जसमध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो । १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।

     

    कम्पनीको आइपीओमा आवेदन गर्ने दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने सोमध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर प्राप्त गरेका छन् । कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको गरेको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट