काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
महासंघले आजका लागि तय गरेको दरभाउअनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम गरिएको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ । सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १६० रुपैयाँ रहेको थियो ।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।
अर्थ चाैतारी ।