logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

    प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

    611
    SHARES
    प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

    काठमाण्डौ । प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ। कम्पनीको साधारणसभा कम्पनीको तिनकुने स्थित प्रधान कार्यालयमा बिहान ११ बजे सुरु हुने छ ।



    सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरि कुल ९.१६७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। चैत्र २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट