logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • आईपीओ निष्कासन गर्दै एशियन होटल, बिक्रि प्रवन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

    आईपीओ निष्कासन गर्दै एशियन होटल, बिक्रि प्रवन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

    676
    SHARES
    आईपीओ निष्कासन गर्दै एशियन होटल, बिक्रि प्रवन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

    काठमाण्डाै । पर्यटकीय सहर भैरहवामा स्थापित एशियन होटलले व्यवसाय विस्तारको उद्देश्यले सर्वसाधारणलाई लक्षित गर्दै ३५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। प्रति कित्ता १०० रुपैयाँका दरले जारी हुने यस शेयरबाट कुल ३५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।



     

    उक्त पूँजीले होटललाई पाँचतारे सुविधामा स्तरोन्नति गर्नुका साथै स्पोर्ट्स कम्प्लेक्स, हेल्थ फिटनेस सेन्टर लगायतका पूर्वाधार निर्माण गर्ने योजना छ। शेयर निष्कासन प्रक्रिया सहज र पारदर्शी बनाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको छ। यस सम्बन्धमा आयोजित एक औपचारिक कार्यक्रममा, एशियन होटलका अध्यक्ष श्री पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

    सन् २०२१ मा स्थापना भएको एशियन होटलले बौद्ध दर्शन र सांस्कृतिक धरोहरबाट प्रेरित आतिथ्य सेवाको विशेषता बोकेको छ। लुम्बिनी क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वलाई आत्मसात गर्दै होटलले छोटो समयमै उत्कृष्ट सेवा, सुविधा र वातावरणका कारण आफनो पहिचान बनाएको छ।

     

    लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हो, जहाँ हरेक वर्ष लाखौं बौद्ध धर्मावलम्बी र पर्यटकहरू भ्रमण गर्न आउँछन्। एशियन होटलले यिनै आगन्तुकहरूको लागि सांस्कृतिक संवेदनशीलता र आधुनिक आतिथ्यको संयोजन प्रस्तुत गर्दै आएको छ। हाल होटलले ६६ वटा आधुनिक कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बन्क्वेट हल, बाह्य बगैंचा, सेमिनार र कन्फरेन्स हल, तथा डेस्टिनेशन वेडिङका लागि उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।

     

    आईपीओ पश्चात् होटलले आफ्नो सेवा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख शहरहरूमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। होटलका अध्यक्ष अनुसार, यस विस्तारबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३० साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट