logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • आईएमई लाइफले बार्षिकोत्सवको अवसरमा रगतदान कार्यक्रम गर्ने

    आईएमई लाइफले बार्षिकोत्सवको अवसरमा रगतदान कार्यक्रम गर्ने

    702
    SHARES
    आईएमई लाइफले बार्षिकोत्सवको अवसरमा रगतदान कार्यक्रम गर्ने

    काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ८औँ बार्षिकोत्सवको उपलक्ष्यमा श्रावण ३१ गते काठमाडौँमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।



     

    रगत दान – मानवताको सम्मानू भन्ने नारासहित आयोजना हुने उक्त कार्यक्रम बिहान ७:०० बजेदेखि दिउँसो १:०० बजेसम्म कम्पनीको केन्द्रीय कार्यालय अगाडि, लैनचौर स्थित लैनचौर युथ क्लबूको चौरमा सञ्चालन गरिने कम्पनीले जनाएको छ। यस अभियानको उद्देश्य रक्तसञ्चार सेवा तथा उपचारका लागि आवश्यक रगतको अभाव न्यूनीकरण गर्नुका साथै सामाजिक उत्तरदायित्वको निर्वाह गर्नु रहेको कम्पनीको भनाइ छ। साथै, वर्षायाममा हुने सम्भावित दुर्घटना तथा आकस्मिक अवस्थाको पूर्वतयारीका दृष्टिले पनि यो रक्तदान कार्यक्रम महत्वपूर्ण हुने कम्पनीले उल्लेख गरेको छ।

     

     

    कम्पनीका अनुसार, बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्व तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएकोमा यसपटकको रक्तदान कार्यक्रम पनि सोही श्रृंखलाको एक भाग हो। यसै अवसरमा कम्पनीले भाद्र महिनाभर विभिन्न कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको कम्पनी श्रोतले बताएको छ ।

     

     

    आईएमई लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारी, ग्राहक, अभिकर्ता, बीमित तथा आम सर्वसाधारणलाई यस कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।


    अर्थ चौतारी
  • शनिबार, ३१ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट