logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • हीरक जयन्तीमा चेम्बरको हरियाली सङ्कल्प : गौशालास्थित भण्डारखालमा वृक्षारोपण

    हीरक जयन्तीमा चेम्बरको हरियाली सङ्कल्प : गौशालास्थित भण्डारखालमा वृक्षारोपण

    650
    SHARES
    हीरक जयन्तीमा चेम्बरको हरियाली सङ्कल्प : गौशालास्थित भण्डारखालमा वृक्षारोपण

    काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशालास्थित भण्डारखालमा शनिवार बिहान वृहत् वृक्षारोपण गरेको छ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औँ ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।



     

    हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा वृक्षारोपण गर्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले विश्वलाई गम्भीर चुनौती दिइरहेको वर्तमान अवस्थामा चेम्बर अफ कमर्सको पहल अत्यन्तै प्रशंसनीय भएको बताए ।

     

    उनले भने– ‘आज गरिएको वृक्षारोपणले केवल हरियाली बढाउने मात्र होइन, भावी पुस्ताका लागि स्वच्छ तथा दिगो वातावरण सुनिश्चित गर्न ठुलो योगदान पुर्‍याउनेछ ।’ मन्त्री शाहीले विश्वव्यापी जलवायु सङ्कटलाई समाधान गर्न सामूहिक पहलको आवश्यकतामा जोड दिए ।

     

    हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरूको नाममा सहभागीहरूले १ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेका थिए ।

     

    सभापति श्रेष्ठले वृक्षारोपणसँगै यसको संरक्षण र संवर्द्धनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले चेम्बरले सामाजिक उत्तरदायित्व अनुरूप आगामी दिनमा पनि वातावरण संरक्षण र दिगो विकासका गतिविधिमा अग्रणी भूमिका खेल्ने बताए ।

     


    अर्थ चौतारी
  • आइतबार, १ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट