logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • मितेरी सहकारी ठगीमा धनराज गुरुङको बयान: घर बेचेर मेरो र ज्योति गुरुङको कर्जा चुक्ता गरेको हुँ

    मितेरी सहकारी ठगीमा धनराज गुरुङको बयान: घर बेचेर मेरो र ज्योति गुरुङको कर्जा चुक्ता गरेको हुँ

    858
    SHARES
    मितेरी सहकारी ठगीमा धनराज गुरुङको बयान: घर बेचेर मेरो र ज्योति गुरुङको कर्जा चुक्ता गरेको हुँ

    काठमाण्डौ । ललितपुरको महालक्ष्मीस्थानको स्व सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेर। अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनका आधारमा ८ जनाविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको हो।



     

    बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीविरुद्ध मुद्दा दर्ता भएको हो। यस्तै हाल फरार रहेका ५ जनालाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको छ।

     

    फरार रहनेमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदिप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अरामलाई प्रतिवादी बनाइएको छ।

     

    पत्नीले सहकारीबाट लिएको कर्जा मिलाउन भूमिका देखिएपछि सीआईबीले उपसभापति गुरुङसँग पनि सोधपुछ बयान कागज गरेको छ। तर, उनको संलग्नता नदेखिएको भन्दै मुद्दामा प्रतिवादी भने बनाइएको छैन।

     

    उनले ज्योति गुरुङसँगै हुँदाखेरी उनको नामको कर्जा लिएको सम्बन्ध विच्छेद भइसकेपछि आफूले कर्जामात्रै तिरेको कागज गरिदिएका छन्।

     

    यस्तो छ धनराज गुरुङले सीआईबीमा दिएको बयान कागज

    जाहेरवाला बोध विक्रम थापासँग सामान्य चिनजान छ, निजसँग २०७६ सालमा सहकारीको समस्या परेकोले सुझाव पाऊँ भनि मितेरी सहकारीका अध्यक्षकुम्भराज गुरुङले मलाई बोलाए पश्चात सो समयदेखि मेरो बोध विक्रम थापासँग सामान्य चिनजान भएको हो। प्रतिवादीहरू ज्योति   बहादुरभण्डारी, सुजन शाक्य, हितमान थापा सँग कुनै चिनजान तथा रिसइवी छैन। ज्योति गुरुङलाई चिन्दछु। प्रतिवादी ज्योति गुरुङसँग मेरो मिति २०५१ साल असार १७ गते मागी विवाह भएको हो।

    विवाह पश्वात एक छोरा एक छोरी गरी दुई सन्तानको जायजन्म भएको हो। मेरो आर्थिक अवस्था कमजोर भएको कारण मिति २०५७/०२/१२ गते मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई आग्रह गरी सहायक स्तरको कर्मचारीको रुपमा ज्योति गुरुङलाई जागिर लगाइ निज सो सहकारीमा कार्यरत थिइन्। मिति २०६६ सालसम्म हामीबीचको सम्बन्ध सुमधुर थियो। त्यस पश्चातका दिनहरूमा हामीबीचको सम्बन्धमा विस्तारै तिक्तता बढ्दै गयो। उनको रहनसहन नै बदलिन थाल्यो। राति समेत समयमा घर नआउने डिस्को, क्लब र दोहरी जाने गरेको जानकारी मैले पाएँ।

    आफूखुसी कहिले बैंङ्कक त कहिले सिङ्गापुर जाने क्रम बढेपछि हाम्रो सम्बन्ध बिग्रदै गयो। २०७६ साल पुस महिनामा सहकारीको संचालक समितिका अध्यक्ष कुम्भराज गुरुङले मितेरी सहकारीमा समस्या आयो यसबारे छलफल गर्नुपर्यो, तपाईंसँग सल्लाह लिनुपर्यो भनि बोलाएपछि म जाँदा सहकारीको झण्डै ३ करोड रुपैँया सहकारीको सिनियर लेखापाल ज्योति गरुङमार्फत ज्योतिबहादुर भण्डारीलाई पटक-पटक गरी मिटर ब्याजमा लगानी गरेको तर असुल उपर हुन नसकेको भन्ने जानकारी गराएपछि सोही दिन बेलुका घरमा यसै सन्दर्भमा तत्कालीन श्रीमती ज्योति गुरुङसँग मैले यस्तो नहुने काम किन गरेको भनि सोध्दा उल्टै अफिसको कुरा तपाईलाई के चासो भन्ने जवाफ फर्काएपछि झगडा झनै चर्कियो। 

    घरमा श्रीमान् श्रीमती भेटघाट भयो कि झगडा हुन थाल्यो। यसै क्रममा एक दिन बेलुका झगडा सिमाहीन बन्न पुग्यो। त्यसपछि ज्योति गुरुङ घर छाडेर माइत हिडिन्। माइत गएको एक महिनापछि ललितपुर जिल्ला अदालतबाट मलाई पुर्जी आयो। अदालतमा उपस्थित भएँ। मेराविरुद्ध ज्योति गुरुङले सम्बन्ध विच्छेदको निवेदन दिएको अदालत पुगेपछि जानकारी पाएँ। यो कुरा थाहा भएपछि मैले बच्चाहरूको लागि भए पनि सम्बन्ध विच्छेद गर्नु हुँदैन भनेर अनुनय विनय गरेँ तर ज्योति गुरुङले माननीय न्यायधीश कै अगाडि तथानाम बोलिन र कुनै पनि हालतमा सम्बन्ध विच्छेद गर्ने जिकिर गरेपछि हाम्रो २०७६ साल फाल्गुन २९ गते सम्बन्ध विच्छेद भएको हो। 

    सो सम्बन्धमा मिति २०८१/०७/२७ गते प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छु। म मितेरी बचत तथा ऋण सहकारी संस्थामा मिति २०५७ साल देखि नै साधरण सेयर सदस्यको रुपमा छु। मितेरी  सहकारी संस्थाको रकम हिनामिनाको जानकारी सम्बन्धमा २०७६ साल पुस महिनामा सहकारीको संचालक समितिका अध्यक्षकुम्भराज गुरुङले मितेरी सहकारीमा समस्या आयो यसबारे छलफल गर्नुपर्यो, तपाइँसँग सल्लाह लिनुपर्यो भनि बोलाएपछि म जाँदा सहकारीको झन्डै ३ करोड रुपैँया सहकारीको सिनियर लेखापाल ज्योति गुरुङमार्फत ज्योतिबहादुर भण्डारीलाई पटक-पटक गरी मिटर ब्याजमा लगानी गरेको तर असुल उपर हुन नसकेको भन्ने जानकारी गराएपछि मैले थाहा पाएको  हुँ।  मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको सम्बन्धमा म उक्त संस्थाको साधरण शेयर सदस्य मात्र रहेकोले  रकम हिनामिना के कसरी कहिले भयो मलाई जानकारी छैन। 

    अनुसन्धानको सिलसिलामा ऐ.सहकारी संस्थाका कार्यकारी अध्यक्षकुम्भराज गुरुङले गरेको घटना विवरण कागज सम्बन्धमा २०७६ साल फाल्गुन २९ गते सम्बन्ध विच्छेदभएको हो। सो सम्बन्धमा मिति २०८१/०७/२७ गते प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छु। म मितेरी बचत तथा ऋण सहकारी संस्थामा मिति २०५७ सालदेखि नै साधरण शेयर सदस्यको रुपमा छु। मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको जानकारी सम्बन्धमा २०७६ साल पुस महिनामा सहकारीको संचालक समितिका अध्यक्ष कुम्भराज गुरुङले मितेरी सहकारीमा समस्या आयो यसबारे छलफल गर्नुपर्‍यो, तपाईँसँग सल्लाह लिनुपर्‍यो भनि बोलाएपछि म जाँदा सहकारीको झण्डै ३ करोड रुपैँया सहकारीको सिनियर लेखापाल ज्योति गुरुङमार्फत ज्योतिबहादुर भण्डारीलाई पटक पटक गरी मिटर ब्याजमा लगानी गरेको तर असुल उपर हुन नसकेको भन्ने जानकारी गराएपछि मैले थाहा पाएको  हुँ। 

    सो छलफलको क्रममा मैले ‘तपाईँहरूले यत्रो रकम यसरी एउटा व्यक्तिलाई विश्चास गरेर दिनु नै ठूलो गल्ति हो। तपाईँहरू संस्थाको जिम्मेवारीमा रहेको साथीहरूले कानुनी सहायता लिएर भए पनि अपलचन गर्ने व्यक्तिहरूबाट रकम असुल उपर गर्नुपर्छ भनि सुझाव दिएको हुँ। सोबाहेक मैले अन्य कुनै लिखित तथा मौखिक रुपमा प्रतिवद्धता जनाएको छैन। सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धि विशेष छानविन प्रतिवेदन २०८१ को अनुसूची २२ देखेँ, सो सम्बन्धमा प्रचलित कानुन बमोजिम म धनराज गुरुङ र ज्योति गुरुङबीच ललितपुर जिल्ला अदालतबाट भएको सम्बन्ध विच्छेदको प्रतिलिपी हो। ऐ. प्रतिवेदनको बुँदा नं.१६.२८ मा उल्लेख भएको सम्बन्ध विच्छेदपश्चात पनि श्रीमतीसँग एकसाथै बस्ने गरेको चर्चा सम्बन्धमा कुनै सत्यता छैन। 

    सम्बन्ध विच्छेदपश्चात हामी बिच कुनै सम्पर्क छैन। सो समय पश्चात निज प्रतिवादी ज्योति गुरुङको विषयमा मलाई केही जानाकरी छैन। ऐ. प्रतिवेदनमा उल्लेखित संघीय संसद, प्रतिनिधि सभा, सहकारी संस्था, बचत रकम दुरुपयोग सम्बन्धमा संसदिय छानबिन विशेष समिति समक्ष मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षकुम्भराज गुरुङसँग भएको सोधपुछको जवाफ नं.२४ को सम्बन्धमा माथि मैले उल्लेख गरे बमोजिम कुनै लिखित वा मौखिक प्रतिवद्धता गरेको छैन। 

    उनले के कसरी भने सो कुरा उनले जानुन्। अनुसन्धानको सिलसिलामा कमला गुरुङले गरेको घटना विवरण कागज सम्बन्धमा मिति २०७९/०७/०६ गते आफैँले रु ९,००,०००/-(अक्षरेपी नौ लाख), मिति २०८०/०६/०६ गते हरि बहादुर खत्री मार्फत रु ५,००,०००/- (अक्षरेपी पाँच लाख), मिति २०८०/०८/२८ गते कमला गुरुङलाई मेरो मुक्तिनाथ विकास बैंकको ३ लाखको चेक दिई सो रकम निजले नगदै झिकि लिएको, उक्त बैंकको स्टेटमेन्ट यसै कागजसँग संलग्न गरेको छु, मिति २०८०/१२/२५ गते दिपेन्द्र लामा मार्फत रु ३,००,०००/-(तिन लाख), मिति २०८२/१/२३ गते आफैले रु.३०,००,०००/-(तिस लाख) को चेक काटी कमला गुरुङकै नेपाल बैंकको खातामा जम्मा गरी जम्मा ५० लाख ऋण तिरेको हुँ। कमला गुरुङलाई हाल कुनै रकम तिर्नु पर्ने छैन। निजले के कसरी रकम लिनु छ भनिन निजलाई नै थाहा होला। म ऐ. सहकारी संस्थाको २०५७ सालबाटै साधारण शेयर सदस्य रहेकोले सहकारी ऐन बमोजिम सो संस्थाबाट ऋण कर्जा लिन पाउने भएकोले मिति मिति २०७६/०५/१९ गते रु १५,००,०००/- (अक्षरेपी पन्ध्र लाख), मिति २०७७/०९/२२ गते रु.६,००,०००/-(छ लाख), मिति २०७७/१०/०६ गते रु १०,००,०००/-(अक्षरेपी दश लाख ), मिति २०७७/१०/२० गते रु १८,१०,०००/-(अक्षरेपी अठार लाख दश हजार), मिति २०७७/१०/२३ गते रु. १२,१५,०००/-(अक्षरेपी बाह्र लाख पन्ध्र हजार), मिति २०७७/११/०२ गते रु ११,००,०००/- (अक्षरेपी एघार लाख ) र मिति २०७७/११/०३ गते रु १२,००,०००/-(अक्षरेपी बाह्र लाख) गरी जम्मा रु ८४,२५,०००/- (अक्षरेपी चौरासी लाख पच्चिस हजार) कर्जा लिई सो कर्जा चुक्ता( ब्याज समेत) गर्दा मेरो सम्धि नाता पर्ने मिन बहादुर गुरुङबाट रु ९१,००,०००/- (अक्षरेपी एकानब्बे लाख) सहकारीको कर्जा चुक्ता गर्ने प्रयोजनको लागि सापटी लिई विभिन्न मितिमा मैले उक्त कर्जा तिरी सकेको छु। हाल ऐ. सहकारीमा कुनै पनि रकम मैले तिर्न बाँकी छैन। सम्धिबाट लिएको सापटको लिखत कागज यसैसाथ पेस गरेको छु। 

    सम्बन्ध विच्छेद पश्चात पनि मैले कर्जा लिँदा हकवालामा पूर्वश्रीमती ज्योति गुरुङको नाम उल्लेख भएको सम्बन्धमा ऋण लिने कागजातमा मैले माग गरेको ऋण रकम उल्लेख गरी कागजात प्राप्त भए पश्चात मैले उक्त ऋण रकम चेकजाँच गरी ऋणीको महलमा हस्ताक्षर गरेको थिएँ।  अन्य विवरण संस्थाको कर्मचारीले के कसरी कहिले भरे सो सम्बन्धमा मलाई जानकारी भएन। ज्योति गुरुङसँग सम्बन्ध विच्छेद पछि पनि मैले ऋण तिरेको सम्बन्धमा, सम्बन्ध विच्छेद गर्दा ज्योति गुरुङ्ले मेरो नाममा रहेको कुनै पनि सम्पत्ति दाबी नगर्ने सर्तमा सम्बन्ध विच्छेद भएको, सम्बन्ध विच्छेद अगावै ज्योति गुरुङ्ले ऐ. सहकारीबाट ऋण लिँदा ललितपुर महानगरपालिका वडा नं.१४ थसीखेलस्थित मेरो नाममा रहेको साढे दुई तल्ले पक्की घर धितो राखिएको, तत्कालीन समयमा सम्बन्ध विच्छेद नभएको र म सो ऋणमा हकवाला समेत भएको हुनाले ऋण तिर्ने प्रयोजनार्थ उक्त घर बिक्री गरी मेरो तथा म हकवाला बसेको ऋण चुक्ता गरेको हो। मेरो थप व्यहोरामा ऐ. सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङलगायत अन्य संलग्न व्यक्तिहरू भएमा निजहरूलाई समेत खोजतलास गरी कानुन बमोजिम कारवाही गरी सहकारीको अपचलन भएको रकम फिर्ता गरी पीडितहरूलाई न्याय हुनुपर्छ भन्ने समेत व्यहोराको मितेरी बचत तथा ऋण सहकारी संस्थाका साधारण शेयर सदस्य तथा ऋणी धनराज गुरुङको घटना विवरण कागज।

    धनराज गुरुङले गरेको थप घटना विवरण कागजः- 
    मेरो नाममा नविल बैंक लिमिटेड, पुल्चोक शाखामा खाता र ०८१००१७५००००८ को बचत खाता रहेको छ, मुक्तिनाथ विकास बैंकमा खाता नं. ०७०२२३००९२९९५९०००००१ मा बचत खाता रहेको छ, ऐभरेष्ट बैंक लिमिटेड सिंहदरवार शाखामा खाता नं.००१००५०१२०२२८१ को बचत खाता गरी जम्मा तिन वटा खाता रहेको छ। मेरो नाममा रहेको नविल बैंकको खाता नं. ०८१००१७५००००८ को खाताबाट १८ अगष्ट २०१९ मा ज्योति   गुरुङलाई घरायसी कामको सिलसिलामा रकम दिएको हो। नबिल बैंकको खाता नं.०८१००१७५००००८ को खाताबाट ३० अगष्ट २०१९ मा भएको कारोबारहरू मेरो छोरा बिदेश पठाउनको लागि बैंक खातामा जम्मा गर्ने प्रयोजनको लागि बैंक ब्यालेन्स Show गरेको हो। उल्लेखित कारोबारको रकम संजिब न्यौपानेले रु. १९,५०,०००/-, निज संजिव न्यौपाने मार्फत दिपेन्द्र रायले रु.१०,४०,०००/- र संजिव न्यौपाने मार्फत रु.१५,१०,०००/- गरी जम्मा रु. ४५,००,०००/- रकम जम्मा गरेको हो। त्यस लगतै १ सेप्टेम्बर २०१९ मा संजिव न्यौपानेले कारोबारमा PADMA MERCHANT COMPANY PVT LTD उल्लेख गरी १८/१८ लाख गरी जम्मा रु. ३६,००,०००/० भुक्तानी लिएका हुन् र बाँकी रकम १ सेप्टेम्बर २०१९ मा मेरै नाममा रु.९,१५,०००/- निकाली सजिव न्यौपानेलाई सापट वापतको रकम फिर्ता गरेको हो। २४ जुलाई २०२२ मा मेरो नाममा भएको कारोबार रकम रु. १५,०८,१३४,३१/- चुनावी प्रयोजनको लागि दाजु लगायत शुवेच्छुकहरूबाट सापट लिएको रकम हो। उल्लेखित बैंक खातामा भएको कारोबार गर्ने मानिसहरू दिपेन्द्र रायलाई म चिन्दिन। संजिव न्यौपानेलाई मैले छोरा विदेश पठाउने सन्दर्भमा बैंक ग्यारेन्टर खोज्ने क्रममा चिनजान भएको हो। निज सँग मेरो नाता सम्बन्ध केही छैन। निजको एकिन ठेगाना मलाई थाहा भएन। निजको सम्पर्क नम्बर ९८४३५७८९३० हो। सुरेश अधिकारी, किरण विक्रम काकी, भरत राजवंशी र रेखा खाँण सँग सापटी वापतको रकम जम्मा गरेको हो। उल्लेखित कारोबारहरू भएको लामो समय भएकाले निजहरू सँग सम्पर्क नरहेको हुँदा निजहरूको एकिन ठेगाना सम्पर्क नम्बर मलाई हाल याद भएन। प्रेम प्रकाश के.सी मेरो पूर्व पिए हुन्। निज सँग पटक पटक कारोबार हुने गर्दथ्यो। निजको ठेगाना जिल्ला रुकुम पूर्व मुसिकोट न.पा. वडा नं.०२ हो। निजको सम्पर्क नम्बर ९८५७८२१७५० हो। सन्तोष भट्टराई नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्य हुन् निज हाल किर्तिपुर बस्छन्। निजको सम्पर्क नम्बर ९८५१०५६७५७ हो। दिपेन्द्र लामा नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्य हुन निज हाल ललितपुर बस्छन। निजको सम्पर्क नम्बर ९८६३०२४१२६ हो। निजाहरू मेरो सहयोगी हुन्। मेरो नाममा रहेको मुक्तिनाथ विकास बैंकको खाता नं. ०७०२२३००९२९९५९०००००१ चुनावको सिलसिलामा खोलेको हुँ। मिति २०७९/०६/३१ र २०७९/०७/१५ गते जम्मा भएको जम्मा रु. १८ लाख रकम चुनावको लागि भनि विभिन्न शुवेच्छुकहरूले संकलन गरेको रकम हो र उक्त रकम मेरो पिए प्रेम प्रकाश के.सी. ले भुक्तानी लिएका हुन्। उक्त खातामा मिति २०८१/०१/२० गरी CASH BY DIPENDIKA LAMA व्यहोरा उल्लेख भइ जम्मा भएको रु.३०,००,०००/- रकम मध्ये १५ लाख रकम मैले मेरो दाजुहरू सँग पटक पटक गरी सापट लिएको, ७ लाख रकम कविता गुरुङसँग सापट लिएको, ५ लाख सन्तोष भट्टराई सँग सापट लिएको र ३ लाख राजु के. सी. सँग सापट लिएको रकम हो। कविता गुरुङ मेरो हुनेवाला सम्धिनी ज्यू हुन्। निजको सम्पर्क नम्बर ९८५१११४१६२ हो। राजु के.सी. नेपाली कांग्रेस पार्टीको नेपाली जनसम्पर्क विभागको सदस्य हुन। निवको सम्पर्क नम्बर ९८५१००६५६६ हो। उल्लेखित रकम मैले कमला गरुङ सँग लिए‌को सापटी रकम बैंक मार्फत तिर्ने प्रयोजनको लागि एकमुस्ट गरी जम्मा गरेको हुँ। मिति २०८/०१/२३ गते मैले एकाउन्ट पेयी चेक मार्फत कमला गुरुङलाई एकमुस्ट रु.३०,००,०००/- रकम फिर्ता गरेको हुँ। प्रजिता पौडेल र शुसिला मगर पार्टीको कार्यकर्ता हुन। प्रजिता पौडेलको सम्पर्क नम्बर शद भएन। शुसिला मगरको सम्पर्क नम्बर ९८५११३७४८३ हो। सरोजा गौतम मेरो घरपेटी हुन। निजको सम्पर्क नम्बर १८४१४३७३३१ हो। मेरो नाममा अचल सम्पत्ति केही छैन। आजको मिति सम्म ऐभरेष्ट बैंकमा रहेको मेरो खातामा जम्मा मौज्दात रु. ४,४५,८३०/- र नबिल बैंकमा रहेको मेरो खातामा मौज्दात रु. १,०५,७५६/- गरी जम्मा मौज्दात रु.५,५१,५८६/- रकम रहेको छ। मेरो र प्रतिवादी ज्योति   गुरुङको संयुक्त नाममा हाल चल अचल सम्पति छैन। मैले बैंक कारोबार गर्दा अनलाइन,चेक र नगद समेत प्रयोग गर्ने गरेको छु। मुक्तिनाथ विकास बैंकको खातामा विभिन्न मितिमा पटक पटक गरी जम्मा रु. ७,००,०००/-(अक्षेरुपि सात लाख मात्र) रकम होटल भेनसलाई चुरावमा सो होटलमा बसेको खर्च भुक्तानी गरेको हो। उल्लेखित रकम चुनावलाई सहयोग स्वरुप जम्मा भएको रकम मध्येबाट खर्च भएको रकम हो भन्ने समेत व्यहोराको धनराज गुरुङको थप घटना विवरण कागज।


    अर्थ चाैतारी
  • आइतबार, १ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट