logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, दुई सदस्यले लिए शपथ

    सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, दुई सदस्यले लिए शपथ

    962
    SHARES
    सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, दुई सदस्यले लिए शपथ

    काठमाण्डौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ । प्राधिकरणमा रिक्त विज्ञ सदस्य तथा चार्टर एकाउन्टेन्ट सदस्यले शपथ ग्रहण गरेसँगै प्राधिकरणले पूर्णता पाएको हो ।



    सोमबार ती सदस्यहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त सदस्यहरूको शपथ ग्रहण गराएका हुन् ।

    साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको विज्ञ सदस्यमा रमेशप्रसाद चौलागाइँलाई नियुक्त गरेको थियो । उनी पूर्णकालीन सदस्य हुन् । त्यस्तै चार्टर्ड एकाउन्टेन्ट सदस्यमा महेश खनाल नियुक्त भएका छन् ।

    सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा सहसचिव शेषनारायण पौडेललाई जिम्मेवारी दिएको छ । उनले प्राधिकरणको सदस्य सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट