logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ देखि आईपीओ ल्याउने, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ देखि आईपीओ ल्याउने, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

    1.1K
    SHARES
    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ देखि आईपीओ ल्याउने, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

    काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले यही भदौ ११ गतेदेखि प्रथम चरणको आईपीओ ल्याउने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते अनुमति पाएको थियो।



     

    जसमध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १ लाख ६२ हजार १२५ कित्ता आईपीओ र नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूका लागि ३ लाख ९ हजार ९३८ कित्ता शेयर बिक्री गर्न लागेको हो। उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको आईपीओमा रुपन्देही र पाल्पाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

     

    यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसर्थ कम्तीमा १ हजार रुपैयाँ र बढीमा १० लाख रुपैयाँ लाग्नेछ।

     

    वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ भदौ १५ गते बन्द हुनेछ तर अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ २५ गतेसम्म लम्बिनेछ। यता उद्योग प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा असोज ९ गतेसम्म लम्बिनेछ।

     

    उद्योग प्रभावितले नबिल बैंक र एनएमिब बैंकको तानसेन र फरसाटिकर शाखा कार्यालयका साथै ग्लोबल आईएमई बैंकको तानशेन शाखा कार्यालयमा आवेदन फाराम पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर एप प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।

     

    आईपीओ निष्कासन तथा बाँडफाँडको काम नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले गर्नेछ।


    अर्थ चौतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट