logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • लक्ष्मी ग्रुपले शनिबार र आइतबार ल्याक्सपिरियन्स आयोजना गर्ने

    लक्ष्मी ग्रुपले शनिबार र आइतबार ल्याक्सपिरियन्स आयोजना गर्ने

    2.8K
    SHARES
    लक्ष्मी ग्रुपले शनिबार र आइतबार ल्याक्सपिरियन्स आयोजना गर्ने

    काठमाण्डौ । व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही साउन ७ र ८ गते भव्य प्रदर्शनी “ल्याक्सपिरियन्स २०२५” आयोजना गर्ने भएको छ। ग्रुपले आगामी शनिबार र आइतबार बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा प्रदर्शनी गर्नलागेको हो।



     

    यस प्रदर्शनीलाई हुन्डाई, बीएमडब्लु, केयी र फोर्थिङजस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउनेछन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्लुको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्ने ग्रुपले जनाएको छ।

     

    आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ। यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिने ग्रुपले जनाएको छ।

     

    कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्। साथै, नेल आर्ट, मेहेन्दी, नि:शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन्।


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट