logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • नर्भिक हस्पिटलको संरचना तत्काल नभत्काउन सर्वोच्च अन्तरिम आदेश

    नर्भिक हस्पिटलको संरचना तत्काल नभत्काउन सर्वोच्च अन्तरिम आदेश

    2.2K
    SHARES
    नर्भिक हस्पिटलको संरचना तत्काल नभत्काउन सर्वोच्च अन्तरिम आदेश

    काठमाण्डौ । सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटलको संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।



    काठमाण्डौ महानगरपालिकाले अस्पतालले सार्वजनिक जग्गामा भवन निर्माण गरेको भन्दै २४ घण्टाभित्र भत्काउन निर्देशन दिएको थियो। तर, द्विपक्षीय संवादपछि मंगलबार आफ्नो निर्णयबाट महानगर पछि हटेको थियो। सोलगत्तै बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतले पनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

    सर्वोच्चका प्रवक्ता विमल पौडेलले साउन ३० गतेसम्म संरचना नभत्काउन अदालतले आदेश गरेको हो। ३० गते दुबै पक्षलाई अदालतले छलफलमा बोलाएको छ। द्विपक्षीय छलफलपछि अल्पकालीन आदेश निरन्तर भएमा संरचना भत्काउने महानगरको निर्णय कार्यान्वयनमा रोक लाग्नेछ। आदेश खारेज भएमा भने निर्णय कार्यान्वयनको बाटो खुल्ने छ।


    अर्थ चाैतारी
  • विहिबार, २६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट