logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सेवा प्रवाह सहज र सरल बनाउन २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

    सेवा प्रवाह सहज र सरल बनाउन २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

    1.8K
    SHARES
    सेवा प्रवाह सहज र सरल बनाउन २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

    काठमाण्डौ । सरकारले सेवा प्रवाह सहज ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ ।



     

    प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अगाडि बढाउने छ । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठुलो सङ्ख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।

     

    सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

     

     

    सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबिच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट