logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • खल्ती वालेटबाटै अब क्युएफएक्स सिनेमा टिकट किन्न सकिने

    खल्ती वालेटबाटै अब क्युएफएक्स सिनेमा टिकट किन्न सकिने

    1.6K
    SHARES
    खल्ती वालेटबाटै अब क्युएफएक्स सिनेमा टिकट किन्न सकिने

    काठमाण्डौ । खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्ससँग साझेदारी गरेको छ। योसँगै अब खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।



    यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको छ। यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद क्यूएफएक्सकै वेबसाइट लग इन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारीपश्चात् खल्ती प्रयोगकर्ताले सिधै खल्ती एपमार्फत मुभी टिकट खरिद गर्न सक्नेछन्। साथै क्यूएफएक्स को एप÷ वेब बाट पनि टिकट खरिद गरि खल्ती बाट पनि भुक्तानी गर्न सकिनेछ। खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केही ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ।

    खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन्। खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीलाई हरेक नेपालीको जीवनशैलीको रूपमा स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताए। ‘मनोरञ्जन क्षेत्रमा पनि क्यूएफएक्सजस्तो प्रचलित सिनेमा हलसंग सहकार्य गर्न पाउदा हामी निकै खुसी छौँ’, उनले भने, ‘खल्ती र क्यूएफएक्स बिचको यस साझेदारीले मुभी टिकट खरिद प्रकृयालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरू माझ निकै हर्ष छाउने आशा राख्दछौँ।’


    अर्थ चाैतारी
  • आइतबार, २९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट