logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • उद्योगमन्त्री सिन्हा र बेलायती राजदूतबीच भेटवार्ता

    उद्योगमन्त्री सिन्हा र बेलायती राजदूतबीच भेटवार्ता

    1.5K
    SHARES
    उद्योगमन्त्री सिन्हा र बेलायती राजदूतबीच भेटवार्ता

    काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि बेलायतका राजदूत रोव फेनबिच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल र बेलायतबिचको दीर्घकालीन सम्बन्ध, विकास सहयोग, व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल भएको छ ।



     

    भेटका क्रममा मन्त्री सिन्हाले देशमा लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै आगामी प्रतिनिधिसभा निर्वाचन प्रमुख राष्ट्रिय कार्यसूचीका रूपमा अघि बढाइएको बताए । नेपालको सामाजिक र आर्थिक विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति पनि उनले आभार व्यक्त गरे ।

    सन् २०२४ मा हस्ताक्षर भएका ग्रीन ग्रोथ नेपाल र नेपाल इन बिजिनेस कार्यक्रमहरूको कार्यान्वयनबाट नेपालको हरित उद्योग, समावेशी विकास र गरीबी निवारणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । राजदूत फेनले व्यापार, लगानी, बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार र पर्यटन क्षेत्रमा सहकार्य र सहयोगका लागि बेलायत तयार रहेको जानकारी गराए ।

    सन् २०२६ सम्म नेपालको अति कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्यलाई सफल पार्न निरन्तर सहकार्य र आपसी समझदारी बढाउने विषयमा पनि मन्त्री सिन्हा र राजदूत फेनबिच छलफल भएको थियो ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट