logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • हिमालयन लाइफको ‘राइजिङ लिडरसिप अवार्ड’ कार्यक्रम

    हिमालयन लाइफको ‘राइजिङ लिडरसिप अवार्ड’ कार्यक्रम

    975
    SHARES
    हिमालयन लाइफको ‘राइजिङ लिडरसिप अवार्ड’ कार्यक्रम

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘हिमालयन राइजिङ लिडरसिप अवार्ड २०८२’ सम्पन्न गरेको छ । कार्यक्रम सोमबार झापाको बिर्तामोडस्थित होटल सिद्धार्थमा सम्पन्न भएको हो ।



     

    अभिकर्ताहरुलाई सम्मान तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको कम्पनीका प्रदेश उपप्रमुख भोलाकृष्ण मिश्र (नविन)ले बताए । कम्पनीका जोनल हेड नविन थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १२५ बढी अभिकर्तालाई सम्मान गरिएको थियो ।

     

     

    गत आर्थिक बर्षमा कम्पनीको विभिन्न तहमा रहेर काम गरेका मेची जोन अन्तर्गत पथरीदेखि ताप्लेजुङसम्मका अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीका प्रदेश प्रमुख रामबहादुर शाहीले जानकारी दिए । आर्थिक बर्षको समापनसँगै गरिने कार्यक्रम विभिन्न आन्दोलन, चाडवाड र प्राकृतिक प्रकोपका कारण केहि ढिला हुन गएको उनले बताए ।

     

     

    कार्यक्रमलाई सम्बोधन गर्दै जोनल हेड थापाले कम्पनीलाई प्रतिष्पर्धी बनाउन र विमितलाई अधिकतम लाभ दिन कम्पनीले विभिन्न योजना अगाडी सारेको जानकारी दिए । ‘बीमा प्राधिकरणको निर्देशन र ऐन अन्तर्गत रहेर विभिन्न योजना अगाडी बढाएका छौँ,’ उनले भने, ‘जसले कम्पनीलाई प्रतिष्पर्धी र विमितलाई अधिकतम लाभ दिने छ ।’

     

     

    कार्यक्रमलाई बिर्तामोड शाखा प्रमुख बद्री भण्डारी र सुरुङ्गा शाखा प्रमुख चन्द्रकला घिमिरे (सीजी)ले सहजीकरण गरेका थिए ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट