काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
कात्तिक १९ गते देखि लागू हुने गरी उनलाई बैंकको प्रवक्ता तोकिएको हो । वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण,विभागलगायतको कार्यानुभव रहेको छ ।
हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।
अर्थ चौतारी ।