logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ब्रिटिस कलेजको ११औँ ग्राजुयसन भव्य रुपमा सम्पन्न, ६०० भन्दा बढी ग्राजुयट विद्यार्थी सम्मानित

    ब्रिटिस कलेजको ११औँ ग्राजुयसन भव्य रुपमा सम्पन्न, ६०० भन्दा बढी ग्राजुयट विद्यार्थी सम्मानित

    1.7K
    SHARES
    ब्रिटिस कलेजको ११औँ ग्राजुयसन भव्य रुपमा सम्पन्न, ६०० भन्दा बढी ग्राजुयट विद्यार्थी सम्मानित

    काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)को ११औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजको ग्राजुयसन सम्पन्न भएको हो ।



    कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ग्राजुयटहरुलाई कलेजले सम्मान गरेको हो । कलेजले स्नातक तथा स्नातकोत्तर कार्यक्रम र ब्रिटिस मोडेल कलेजका १२५ विद्यार्थीहरु गरि ६३९ विद्यार्थीहरुलाई सम्मानित गर्दै ग्राजुयटहरुको संख्यामा रेकर्ड कायम गरेको छ ।

    ग्राजुयसन कार्यक्रम दुई शत्रमा सम्पन्न भएको थियो । बिहानको शत्रमा स्कुल अफ विजनेशबाट बीबीए, एमबीए, एचबीएम र ईएमबीएका विद्यार्थीहरु दिक्षित भएका थिए भने दिउँसोको शत्रमा स्कुल अफ आइटीबाट बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) साइबार सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स, एमएससी आईटी र एडभान्स कम्प्युटर साइन्सका विद्यार्थीहरु दिक्षित भए । त्यस्तै, क्याम्ब्रिज ए–लेभलका विद्यार्थीहरुलाई पनि दिक्षित गरिएको छ ।

     

    ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेलले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए । त्यसपछि उपस्थित पाहुना, अभिभावक तथा विद्यार्थीहरुमाझ स्वागत मन्तब्य राख्दै सीईओ कँडेलले शैक्षिक सफलता प्राप्त गर्ने सबैलाई बधाई दिए ।
    ‘यो समारोह केवल शैक्षिक सफलताको मात्रै होइन दृढ संकल्प र ग्लोबल एजुकेशनको समायोजनबाट के हासिल गर्न सकिन्छ भन्ने उदाहरण पनि हो,’ सीईओ कँडेलले भने, ‘हाम्रा ग्राजुयटहरु विश्वमा आत्मविश्वासी, सक्षम र करुणामय नेतृत्वकर्ताको रुपमा अगाडि बढ्दैछ र यसले स्वदेश तथा विदेशमा सकारात्मक प्रभाव पार्नेछ ।’

     

    ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डिक्लान पी. ब्याननले पनि विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए । समारोहमा नेपालका लागि बेलायतका डेप्युटी राजदूत डा. ल्यूक बोमोन्ट, डोल्मा फन्ड म्यानेजमेन्टका सीईओ, टिम गोचर, कलेजका सल्लाहकारहरु माइकल रुटल्याण्ड, पाउल क्लिभ्स र जोन पार्क, लिड्स बेकेट युनिभर्सिटीका वरिष्ठ प्रध्यापक डेभ चेस्ली लगायतले पनि समारोहलाई सम्बोधन गरेका थिए ।

    कार्यक्रमको समापन कलेजका कार्यकारी निर्देशक महेन्द्र राज कँडेलले गर्नुभएको थियो । शैक्षिक क्षेत्रमा परिचित ब्रिटिस कलेज हरेक ग्राजुयटहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुकोे भविष्यको प्रयासहरुमा सफलताको कामना गर्दछ ।


    अर्थ चौतारी
  • सोमबार, २४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट