logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश वित्तीय सूचकमा प्रगति, करिब ६५% ले बढ्यो ब्याज आम्दानी

    नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश वित्तीय सूचकमा प्रगति, करिब ६५% ले बढ्यो ब्याज आम्दानी

    1.1K
    SHARES
    नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश वित्तीय सूचकमा प्रगति, करिब ६५% ले बढ्यो ब्याज आम्दानी

    काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।



    समीक्षा अवधिसम्म संस्थाले ५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को असोजसम्म संस्थाले २६ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

     

    चालु वर्षको पहिलो ३ महिनामा संस्थाको ७ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ करोड ४२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।

    समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४० करोड ३३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी २४ करोड ४६ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खुद ब्याज आम्दानीमा ६४.८२ प्रतिशतले बढेको छ।

     

    चालु आर्थिक वर्षको असोजसम्मसंस्थाको वितरणयोग्य मुनाफा ७ करोड ९१ लाख रुपैयाँ रहेको छ। संस्थाको चुक्तापुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ रहेको छ।

     

    समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर १५.७० प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १६.१४ प्रतिशत थियो।

     

    संस्थाको रिजर्भमा १ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ७ करोड ९१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिजर्भमा १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड ३९ लाख रुपैयाँ थियो।

     

    मीक्षा अवधिमा संस्थाले १० अर्ब २८ करोड ६ लाख रुपैयाँ सापटी लिएर १९ अर्ब ८७ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म संस्थाले १० अर्ब ८५ करोड २१ लाख रुपैयाँ सापटी लिएर २० अर्ब १३ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

     

    चालु वर्षको असोजसम्म संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) १५.८४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ७४.७३ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो ३८.०९ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २११.२१ रुपैयाँ रहेको छ।


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट