logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एनएमबि बैंकले कर्मचारी हटाउन ल्यायो बम्पर अफर

    एनएमबि बैंकले कर्मचारी हटाउन ल्यायो बम्पर अफर

    1.2K
    SHARES
    एनएमबि बैंकले कर्मचारी हटाउन ल्यायो बम्पर अफर

    काठमाण्डौ । कर्मचारी हटाउनका लागि एनएमबि बैंकले बम्पर अफर ल्याएको छ । पछिल्लो समय व्यवस्थापन तहमा कर्मचारीको संख्या धेरै भएको भन्दै बैंकले ‘भिआरएस’ योजना ल्याएको हो ।



     

    केही दिन पहिले बसेको बैंक सञ्चालक समिति बैठकले यस्तो योजना ल्याएको हो । अध्यक्ष मनोज गोयलले ल्याएको भिआरएस प्रस्तावमा सञ्चालक समितिका सबै सकारात्मक समेत देखिएपछि बैंकले उक्त निर्णय लिएको हो ।

     

    भिआरएस योजनामा १३ देखि २५ महिनासम्मको तलब बुझेर धेरै उच्च तहका कर्मचारीहरुले बैक छाड्नेछन् । अहिले बैंकको सेकेण्ड म्यान रहेका सुदेश उपाध्यक्षसहितका केही कर्मचारीहरु जति नै राम्रो अफर ल्याए पनि बैंकमै बस्ने बताएका छन् ।

     

    भिआरएस योजना मन पराएर बाहिर जानसक्ने सम्भावित कर्मचारीहरुका रुपमा मर्जरमा आएका कर्मचारीहरु लगभग सबै र एनएमबि बैंकका ३ जना पूराना कर्मचारीहरु बाहिररिन सक्ने देखिएको छ ।

     


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट