logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • झापा इनर्जीको पहिलो कारोबार २९३ रुपैयाँ ४० पैसामा 

    झापा इनर्जीको पहिलो कारोबार २९३ रुपैयाँ ४० पैसामा 

    1.7K
    SHARES
    झापा इनर्जीको पहिलो कारोबार २९३ रुपैयाँ ४० पैसामा 

    काठमाण्डौ । प्रि–ओपन सेसनमा झापा इनर्जीको पहिलो कारोबार सम्पन्न भएको छ। कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ।



     

    झापा इनर्जी कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो। सूचीकृत कुल शेयरसंख्या ३८ लाख १ हजार ९०० कित्ता रहेको छ, जसमा सर्वसाधारणका लागि जारी गरिएका ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक शेयरधनीहरूको २८ लाख ५१ हजार ४२५ कित्ता शेयर सामेल छन्।

     

    पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ रेंज निर्धारण गरेको थियो।


    अर्थ चौतारी
  • आइतबार, ३० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट