logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • युनाइटेड कलेजमा उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेशनका लागि संयुक्त केन्द्रको उद्घाटन

    युनाइटेड कलेजमा उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेशनका लागि संयुक्त केन्द्रको उद्घाटन

    2.2K
    SHARES
    युनाइटेड कलेजमा उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेशनका लागि संयुक्त केन्द्रको उद्घाटन

    काठमाण्डौ । युनाइटेड कलेज ग्रुपले आधिकारिक रुपमा (UCEII) उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेशनका लागि संयुक्त केन्द्रको उद्घाटन गरेको छ । सफल नतिजासहित २५ वर्षसम्म निरन्तर शैक्षिक सेवा प्रदान गरेपछि युनाइटेड कलेज अहिले नेपालको शीर्ष प्रतिष्ठित कलेजमध्येको एक बन्न सफल भएको छ । १९९७ मा यसको स्थापना भएदेखि, युनाइटेड एकेडेमीले ३०,००० भन्दा बढी दक्ष जनशक्ति सिर्जना गर्न सक्षम भएको छ । हामी विश्वव्यापी नेटवर्क, विशिष्ट श्रोत र दुई दशकभन्दा बढीको व्यापक ज्ञान र विशेषज्ञताले (UCEII) मा हाम्रो बिजनेस इन्क्युबेशन सेन्टर स्थापना गरेर सफल उद्यमहरु सिर्जना गर्न सक्षम हुनेमा विश्वस्त छौँ , शैक्षिक समूहका सल्लाहकार डा. कविराज वान्तवाले बताए ।



    कार्यक्रममा डा. छिरिङ लामा, डा. महावीर पुन, आशाराम तण्डुकार, विभुषण विष्ट, क्षितिज तामाङ, कर्विका थापा, नग्मा श्रेष्ठ, शान्ति राई, सुदेन श्रेष्ठ र बबिता गुरुङ जस्ता प्रतिष्ठित उद्यमी, आविष्कारकर्ता र व्यापार व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा युनाइटेड कलेजका प्रिन्सिपल डा। लाल रापचाले उद्यमशीलताको महत्व र कलेजको दीर्घकालीन दृष्टिकोण प्रष्ट पारेका थिए । राष्ट्रिय अविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले कलेजमा रहँदा आफ्नै उद्यमशीलता यात्रामा लाग्नुको महत्वका बारेमा बताउँदै विद्यार्थीहरुलाई उद्यमशीलता र नवप्रवर्तनको सन्दर्भमा सुझाव दिए ।

    UCEII का प्रमुख डा. दीपेन्द्र शाहले नयाँ स्थापना गरिएको इन्क्युबेशन सेन्टरको स्कोपको आधारशीला राख्दै UCEII ले राष्ट्रिय अग्रणी नवप्रवर्तन थिंक – ट्याङ्क र अनुसन्धान केन्द्र बन्ने लक्ष्य राखेको छ भन्ने कुरा राखे । UCEII जस्ता इन्क्युबेशन केन्द्रहरुले विद्यार्थीहरुलाई यो चुनौतीहरुको समाधान खोज्नको लागि सही प्लेटफर्म उपलब्ध गराउँछन भन्ने कुराको जानकारी दिए । यंग इनोभेसन प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत विभसुआन विष्टले उद्यमशीलतामा हाम फाल्ने प्रयास गर्दै गर्दा असफल हुन सक्छु भन्ने कुरा मानसिक रुपमा तयार रहन अाग्रह गरे । सुदेन श्रेष्ठले जति चाँडो सुरु गर्नुहुन्छ, त्यति राम्रो भन्दै इन्क्युबेशन सेन्टरमा विद्यार्थीको सहभागितालाई प्रोत्साहन दिए । समग्रमा, यो एक प्रभावशाली कार्यक्रम थियो जुन डा.कविराज वान्तवाको शक्तिशाली भाषणको साथ समाप्त भयो जसले समृद्ध नेपाल निर्माणको लागि उद्यमशीलता र व्यावसायिक आविष्कारको महत्वमा बोलेका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट