logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत

    राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत

    754
    SHARES
    राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत

    काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो ।



     

     

    लघुवित्तको गत कात्तिक २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०८१–८२ सम्मको वितरणयोग्य मुनाफाबाट ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

     

     

    राष्ट्र बैंकबाट स्वीकृत भएसँगै अब यो लाभांश संस्थाको आगामी साधारण सभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिनेछ ।

     

     


    अर्थ चौतारी
  • आइतबार, ७ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट