logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न

    त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न

    1.6K
    SHARES
    त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न

    धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–४ स्थित सल्यानकोटमा एकीकरणकालीन इतिहाससँग जोडिएको त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझ पूजा–पाठ पश्चात आइतबार बिहान सल्यानकोटको मूल मन्दिरबाट देवीको प्रतीकलाई बेसीस्थित मन्दिरतर्फ झारिएको थियो।



    मंसिर महिनामा लाग्ने यो जात्रा देवीलाई मूलघरबाट माइतीघर लैजाने परम्पराअनुसार आयोजना गरिन्छ। देवीको प्रतिमालाई मुख्य पुजारीले मात्र बोकेर झण्डै तीन घण्टाको ओरालो बाटो हुँदै बेसीमा पुर्‍याइन्छ। जात्राका क्रममा पञ्चेबाजा, शंख–घण्टा र भक्तजनको जयघोषले वातावरण उत्साहपूर्ण बनेको थियो।

    यहाँ देवीको मूर्ति सर्वसाधारणले प्रत्यक्ष हेर्न नपाउने परम्परा कायम छ। पुजारी बाहेक कसैले प्रतिमा छुन नपाउने प्रथा सदियौंदेखि चलिआएको स्थानीयले बताएका छन्।

    त्रिपुरासुन्दरी स्थल शक्तिपीठसँग जोडिएको मानिन्छ। किंवदन्ती अनुसार सतीदेवीका अंगहरू पतन भएका स्थानमध्ये यही क्षेत्रमा देवीको उत्पत्ति भएको विश्वास गरिन्छ। स्थानीय कथनअनुसार, पुर्खालाई सपनामा स्थान देखाइएपछि मन्दिर स्थापना भएको हो।

    यस जात्राको एकीकरणकालीन महत्व पनि रहँदै आएको छ। पृथ्वीनारायण शाह नुवाकोट विजयको तयारीकै क्रममा सल्यानकोट आएका बेला देवीले सपनामा खड्ग प्रदान गरेको विश्वास गरिन्छ।

    यस वर्षको जात्रामा हजारौँ भक्तजन सहभागी भएका थिए। सोमबार बेसीमा न्वागी चढाएपछि जात्रा सम्पन्न भएको जनाइएको छ। गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जात्रा सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।


    अर्थ चौतारी
  • सोमबार, ८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट