logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • एनपीएलको अनधिकृत प्रसारण गरे कानूनी कारबाही गर्ने चेतावनी

    एनपीएलको अनधिकृत प्रसारण गरे कानूनी कारबाही गर्ने चेतावनी

    1.4K
    SHARES
    एनपीएलको अनधिकृत प्रसारण गरे कानूनी कारबाही गर्ने चेतावनी

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका खेल अनधिकृत रूपमा डिजिटल माध्यमबाट प्रसारण भए कानूनी कारबाही गर्ने चेतावनी नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले संयुक्त रूपमा गरेका छन्। दुवै संस्थाले विज्ञप्ति जारी गर्दै एनपीएलका सम्पूर्ण खेलको ओटीटी तथा डिजिटल प्रसारण अधिकार डिशहोमसँग मात्र रहेको स्पष्ट पारेका छन्।



     

    क्यानका अनुसार भारतबाहेक अन्य सबै देशमा एनपीएलको ओटीटी प्रसारण अधिकार डिशहोमलाई प्रदान गरिएको छ। दर्शकले DishHome Go एप डाउनलोड गरी लिगका सबै खेल डिजिटल रूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

     

    डिशहोम बाहेकका अन्य डिजिटल प्लेटफर्म—जस्तै युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स, टेलिग्राम तथा अन्य वेबसाइट वा एपमार्फत खेल प्रसारण गर्नु अनधिकृत तथा गैरकानूनी भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। साथै, एनपीएलका खेल तथा सामग्रीको अनधिकृत बिक्री–वितरण, पुनःप्रसारण, रेकर्डिङ वा सम्पादनसमेत कानूनी कारबाहीको दायरामा पर्ने चेतावनी दिइएको छ।

     

    दर्शक, विज्ञापनदाता तथा मिडिया साझेदारलाई आधिकारिक प्लेटफर्म DishHome Go वा तोकिएका च्यानलमार्फत मात्रै खेल हेर्न आग्रह गरिएको छ। अनधिकृत लिंक वा साइट प्रयोग गर्दा व्यक्तिगत तथा वित्तीय विवरण चुहिन सक्ने र साइबर अपराधमा पर्न सक्ने जोखिम भएकाले त्यस्ता माध्यम प्रयोग नगर्न र नगर्न आग्रह गरिएको छ।

     

    एनपीएलका कुनै पनि खेल अनधिकृत रूपमा प्रसारण वा वितरण भएको जानकारी मिलेमा तुरुन्तै नेपाल क्रिकेट संघ वा डिशहोमलाई सूचित गरिदिन दुवै संस्थाले आग्रह गरेका छन्।


    अर्थ चौतारी
  • सोमबार, ८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट