logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

    हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

    1.2K
    SHARES
    हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

    काठमाण्डौ । हङकङको ताई पो जिल्लाका विभिन्न अग्ला अपार्टमेन्टहरूमा भएको भीषण आगलागिमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । उक्त घटनामा ४५ गम्भीर घाइते भएका छन् । २७९ जना व्यक्ति अझै सम्पर्कविहीन रहेका समाचारमा उल्लेख छ ।



     

    वांग फुक कोर्ट भन्ने स्थानका आठवटा भवनमा आगलागी भएको बीबीसीले जनाएको छ । उक्त आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन् ।

     

    बिहानसम्म पनि केही भवनहरूबाट धुवाँ आइरहेको छ । चारवटामा आगो नियन्त्रणमा रहेको बताइएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिन आज दिनभर लाग्न सक्ने समाचारमा उल्लेख छ ।

    सयौंं बासिन्दालाई अस्थायी आश्रय स्थलहरूमा राखिएको छ । बीबीसी


    अर्थ चौतारी
  • विहिबार, ११ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट