काठमाण्डाै । निस्सन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको र आधुनिक उपचार विधिबाट ७० प्रतिशत सम्मको आईभीएफ सफलता दर हासिल गर्दै आएको वात्सल्य आई भी एफले आज कृष्ण जन्माष्टमीको दिन आफ्नो छैठौं वार्षिकोत्सव मनाउँदै छ ।
यसै अवसरमा यस क्लिनिकले २५०० भन्दा बढी दम्पतिलाई सन्तान प्राप्तिको खुशी दिइसकेको बताएको छ र प्रजनन् उपचारमा काठमाडौं बाहिरका दम्पतिको पनि पहुँच बढाउन् देशका ३ प्रमुख शहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने यो एक दिने शिविर पोखरा, विर्तामोड र नेपालगंजमा निम्न मिति र स्थान हुनेछ ।
शिविर तालिका:
भाद्र ४ गते, शनिबार – मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरा
भाद्र ११ गते, शनिबार – निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड, झापा
भाद्र १८ गते, शनिबार – वात्सल्य हेल्थकेयर, नेपालगंज शाखा, बि.टि.एस. चौक, नेपालगंज, नर्सिंग होम अगाडि
समय: बिहान १० बजे देखि
शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा निस्सन्तान हुनुको कारण पहिचान गर्न सक्नेछन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। पूर्ण परीक्षण पश्चात आई.भी. नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
अर्थ चाैतारी ।