काठमाण्डौ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्ति सिं थापाले संयुक्त आदेश जारी गर्दैै नेपाल बीमा प्राधिकरणको अध्यक्षमा विवादित शरद ओझालाई पुनर्बहाली गर्न आदेश जारी गरेको छ ।
आजको बसेको इजलासमा भएको बहसपछि सुनुवाई गर्दै न्यायाधीश द्वय मुसलमान र थापाको संयुक्त इजलासले यसअघि भदौं २३ गते जारी अल्पकालिन आदेश कार्यान्वयन गरी इजलास समक्ष जानकारी गराउन सरकारका नाममा आदेश जारी गरेको हो ।
यसअघि सरकारले ओझालाई हाजिर गर्न दिएको थिएन । अब सर्वोच्च अदालतले ओझालाई हाजिर गराई इजलास समक्ष जानकारी गराउन भनेको छ ।

अर्थ चौतारी ।