logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • नबिल बैंकले बाँडफाँट गर्‍यो ५ अर्बबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर

    नबिल बैंकले बाँडफाँट गर्‍यो ५ अर्बबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर

    1.4K
    SHARES
    नबिल बैंकले बाँडफाँट गर्‍यो ५ अर्बबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर

    काठमाण्डौ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ।



     

    नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाट गरेको हो। संस्थागत लगानीकर्ताहरुलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदन बमोजिम अग्राधिकार सेयर बाँडफाँट गरिएको हो। नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको हो।

     

    अविमोच्य असञ्चिति अग्राधिकार शेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभाशं पाउने विशेषता भएको पुँजी बजार उपकरण हो। यस उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बिश्वास लिएको छ।

     

    नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।


    अर्थ चौतारी
  • बुधबार, २ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट