logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान

    नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान

    1.3K
    SHARES
    नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान

    काठमाण्डौ । नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ। समितिले आज एक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।



     

    नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा १८ को उपदफा (१) बमोजिम उपकुलपति र सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुलसचिव नियुक्तिका लागि यो प्रक्रिया अघि बढाइएको हो। छनोट प्रक्रिया ‘नेपाल खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८२’ अनुसार हुने सूचनामा उल्लेख छ।

     

    इच्छुक र योग्य व्यक्तिहरूले २०८२ पुस ३० गते कार्यालय समयभित्र आवेदन पेस गरिसक्नुपर्नेछ।

    601137841_1944712269415898_7953668344351621303_n


    अर्थ चौतारी
  • बुधबार, १६ पुस २०८२
  • सम्बन्धित समाचार