logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • महामन्त्री मैले बिहानै छोडेको हो, निष्कासनको अर्थ छैनः विश्वप्रकाश

    महामन्त्री मैले बिहानै छोडेको हो, निष्कासनको अर्थ छैनः विश्वप्रकाश

    1.2K
    SHARES
    महामन्त्री मैले बिहानै छोडेको हो, निष्कासनको अर्थ छैनः विश्वप्रकाश

    काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले सो पद आफैले त्यागेको बताएका छन् ।



     

    आज विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै शर्माले यस्तो बताएका हुन् । उनले जिन्दगीमै पहिलो पटक कारबाही भन्ने शब्दसँग जोडिएको उल्लेख गरे ।

     

    उनले भने, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ ।

    ‘एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ,’ उनले भने ।

     


    अर्थ चौतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट