आज साेमबार, १९ माघ २०८२ (२ फेब्रवरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष : आँटे-ताकेको पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृष : नयाँ कार्यको थालनी हुन सक्छ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। मन्त्र- ‘शब्दले मात्र होइन, विचारले पनि सशक्त बन।’
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मिथुन : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।
भाग्यशाली रङ सेतो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट : प्रेमी र प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। आहारविहारप्रति विशेष ध्यान दिन आवश्यक छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३८, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
सिंह : जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। घरजग्गा खरिद तथा बिक्रीको योग छ। प्रेम जीवन ठिकै रहनेछ।
भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कन्या : लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
तुला : घरपरिवारबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। शुभकार्यमा सरिक भइनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। ‘विवेक नै सफलताको विश्वसनीय साथी हो’ भन्ने कुरा मनन गर्नुहोला।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
वृश्चिक : ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला, औषधि उपचार खर्च बढ्न सक्छ। बेलुकीपख हौसला र उत्साह मिल्नेछ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : रमाइलो र सुखद यात्राको योग छ। अतिथिको रूपमा सत्कार पाइएला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। ‘सपना देख्ने आँखा कमजोर हुँदैनन्’ भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।
भाग्यशाली रङ कालो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
मकर : कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कुम्भ : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक यात्रा र अचल सम्पत्ति हात पर्ने योग छ।
भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मीन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। अनावश्यक धन खर्च भए पनि शुभ कार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
अर्थ चाैतारी ।