काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडले सुपर सेफ लकरको सुविधा ल्याएको छ । हाललाई यो सुविधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार साथै ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्ने छ । सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहक माहनुभावहरुले उठाउने विश्वास राखेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विभिन्न आकारमा उपलब्ध यी लकरहरु उच्च प्रबिधि युक्त सुरक्षा प्रणाली, फायरप्रुफ र नियन्त्रित वातावरणमा रहेका छन् । इच्छुक ग्राहकवर्गले यो सेवा लिनका लागि, आफ्नो खाता जुनसुकै शाखामा रहेता पनि आफुलाई लाई पायक पर्ने, लकर सुबिधा उपलब्ध रहेका कुनै एक शाखामा गई यो सुविधाको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।
अर्थ चाैतारी ।