logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बीमा प्राधिकरणमा ४६५ उजुरी, ४९ वटा मात्रै फर्छ्यौट

    बीमा प्राधिकरणमा ४६५ उजुरी, ४९ वटा मात्रै फर्छ्यौट

    1.2K
    SHARES
    बीमा प्राधिकरणमा ४६५ उजुरी, ४९ वटा मात्रै फर्छ्यौट

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा नेपाल बीमा प्राधिकरणमा ४६५ उजुरी दर्ता भएका छन् । जसमध्ये ७१ वटा उजुरी यसै आवमा दर्ता भएका हुन् ।



    प्राधिकरणका अनुसार ३९४ वटा उजुरी गत वर्ष नै दर्ता भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार ६ महिनाको अवधिमा केन्द्रीय कार्यालयमा ५० वटा नयाँ उजुरी दर्ता भएका छन् । केन्द्रीय कार्यालयमा दर्ता भएको नयाँ उजुरी गत आवको सोही अवधिको तुलनामा कम हो ।

    गत आवको सोही अवधिमा १४४ वटा उजुरी दर्ता भएका थिए । पुससम्ममा प्रदेश कार्यालयमा २१ वटा दर्ता भएको छ । गत आवको यही अवधिमा ९१ वटा उजुरी दर्ता भएका थिए ।

    प्राधिकणमा दर्ता भएका उजुरीमध्ये ४९ वटा उजुरी मात्रै फछ्र्यौट भएको प्राधिकरणले जनाएको छ । चालु आवमा फर्छ्यौट भएको उजुरी गत आवको सोही अवधिको तुलनामा न्यून हो । गत आवको सोही अवधिमा १३१ वटा उजुरी फर्छ्यौट भएका थिए ।

    चालु आवको ६ महिनामा फर्छ्यौट भएका उजुरीमध्ये ३३ उजुरी फैसलाबाट र १६ वटा उजुरी सहमतिबाट भएको छ । प्राधिकरणका अनुसार ४१६ वटा उजुरी अझै विचाराधीन अवस्थामै रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २५ माघ २०८२
  • सम्बन्धित समाचार