logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

    औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

    1.2K
    SHARES
    औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

    काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पुर्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेका छन् ।



    हालको करिव ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्न औद्योगिक उत्पादन, निर्यात प्रवद्र्धन र कानूनी अड्चनको अन्त्य अनिवार्य रहेको उनले बताए । परिसंघले आयोजना गरेको स्वदेशी नेपालः मिट एण्ड ग्रेट, २०२६ कार्यक्रममा बोल्दै उनले परिसंघले यस विषयमा विस्तृत अध्ययन गरिरहेको समेत जानकारी दिए।

    अध्यक्ष पाण्डेले औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरे । अर्थतन्त्रको विकासका वाधक बनिरहेका कानूनहरु संशोधन गर्ने गृहकार्य सुस्त रहेको उनको गुनासो छ । परिसंघले कुन कानून खारेज गर्ने र कुन संशोधन गर्ने भन्ने विषयमा स्पष्ट दफासहितको सुझाव सरकारलाई बुझाइसकेको उनले स्पष्ट पारे ।

    नेपाल उद्योग परिसंघ र संयुक्त राष्ट्र संघ पुँजी विकास कोष बीचको सहकार्यमार्फत ‘एगोरा’ प्लेटफर्ममा आवद्ध भएको जानकारी गराउँदै उनले यसले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरे । यसैगरी स्वदेशी उद्योगको संरक्षणका लागि ‘स्वदेशी’ कलेक्टिभ ट्रेडमार्कको प्रयोग र प्रवद्र्धनमा जोड दिइएको छ ।

    सरकार, सार्वजनिक संस्था, नेपाली सेना तथा नेपाल प्रहरी जस्ता निकायहरूले स्वदेशी वस्तु र सेवाको प्रयोग अनिवार्य गरेमा औद्योगिक उत्पादनमा ठूलो टेवा पुग्ने विश्लेषण पाण्डेको छ । आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रका लागि उपभोग शैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्र र सरकारको एकीकृत प्रयास आवश्यक रहेको बताए ।


    अर्थ चाैतारी
  • आइतबार, ३ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट